समाचार

गाँजामा लठ्ठियो पशुपति (फोटो फिचर)



पशुपतिको मन्दिर परिसर होस वा मृगस्थली जंगल युवाहरु साधुसँग झुम्मिएका छन् । साधुसँग गाँजा चरेस तानेर लठ्ठ छन् । पशुपति क्षेत्र परिसर साधु सन्तले भरिभराउ भएको छ । स्वदेशी होस वा  विदेश पर्यटकको तस्बिर खिच्नेको भीड लागेको छ । गाँजा, चरेस खाएर युवा युवतीको भविष्य कोर्ने साधुसन्तको उतिकै भीड छ । पर्यटक पनि गाँजा एक सर्क तानिहल्छन् । पशुपति क्षेत्र विकासका सदस्य नरोत्तम बैद्यले विगतका वर्ष भन्दा साधुहरु अलि बढी आएको बताए ।
गोरखनाथ अखडामा नौनाथ सम्प्रदायका एक हुल जोगी धुनी बालेर रमाईलो गरिराखेका छन् । प्रत्येकको  हातमा गाँजाका चुरोट छन् । बाल साधु वा होस बुढा विदेशी युवतीसँग तस्बिर खिचाउँदै मख्ख देखिन्छन् ।
पशुपति क्षेत्र घुम्न आएका पुरुष भन्दा महिला पर्यटक साधुसँग तस्बिर खिचाउनमा तछामछाड गरेका भेटिन्छन । त्यो रमाइलो हेर्नेको उतिकै घुईचो छ । साधुसन्तको भेला हुने मुख्य थलो राममन्दिरस्थित वैरागी अखडामा हुल हुलका जोगी धुनी जगाएका बसेका छन् ।
दर्शनार्थीलाई विभिन्न किसिका गफ दिएर साधुहरु गफ दिइरहेका हुन्छन् । भारतको कुरुक्षेत्रबाट आएका अर्जुन  दास राममन्दिरस्थित बैरागी अखडामा युवासँग गफिएका भेटिन्छन् । उनीसँग युवाहरु निकै झुम्मिएका भेटिन्छन । मोबाइलमा शिवजीको भजन लगाएर रमाइलो गर्छन् । युवाहरुको भविष्यकाबारेमा पनि गफ दिन्छन् ।

 फोटो फिचर
  
  
  
  
  

 

Label 1

सहयात्रि ब्लग हरु

Label 3

नेपालको सबै भन्दा कान्छो जिल्ला कालिकोट मा तपाईं लाई हार्दिक स्वागत छ

हाम्रो ब्लग कती जनाले हेर्नु भयो |

Banner

Label 6

Label 5

Label 4

Poll

Powered by Blogger.

Below slider

Translate

Video Category 1

आफ्नै बारेमा

केही कुरा खोज्नु परेमा यहाँ जानुस